महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
arthasansar.com · Mon Aug 03 04:51:19 GMT 2026

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।
कम्पनीले गत आर्थिक वर्षको अन्तिमसम्ममा १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०३६.४० प्रतिशतले बढी हो । अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा १ करोड ७० लाख रुपैयाँ रहेको थियो । त्यसैगरी गत वर्ष कम्पनीले ४९ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष ३५ करोड ५९ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको कुल सञ्चालन आम्दानी पनि ३९ करोड ५१ लाख रुपैयाँबाट बढेर ५३ करोड ८५ लाख रुपैयाँ नाघेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)