राष्ट्रिय सभामा एलपी ग्यास अभावबारे सरकारको ध्यानाकर्षण
arthasansar.com · Mon Aug 03 10:33:35 GMT 2026

राष्ट्रिय सभाका सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्न तथा अत्यावश्यक वस्तुको मूल्य निरन्तर बढेको, तर उपभोक्ताले सहज रूपमा सामानसमेत नपाएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन्।
सांसद कृष्णबहादुर रोकायाले खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको र बजारमा आवश्यक सामग्रीको अभाव देखिएको बताए। भारतमा एलपी ग्यासको मूल्य पटक–पटक घटे पनि नेपाल आयल निगमले घाटाको कारण देखाउँदै मूल्य नघटाएको आरोप लगाउँदै उनले रुकुम पश्चिमसहित विभिन्न जिल्लामा देखिएको ग्यास अभाव तत्काल हटाउन माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)