समयमै पानी परेन, यसपालि अघिल्लो वर्षभन्दा ४ प्रतिशत कम रोपाइँ
setopati.com · Mon Jun 29 11:10:33 GMT 2026

असार १५ लाई धान दविस अर्थात् मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा लिइन्छ। पर्याप्त वर्षा हुँदा विगतका वर्षहरूमा धान रोपेर हरियै हुने फाँटहरू पछिल्ला वर्षहरूमा भने समयमा वर्षा नहुँदा बाँझै रहने समस्या छ।
यस वर्ष पनि समयमा पर्याप्त वर्षा भएन। ६ दिन ढिला गरी असार ५ गते मनसुन भित्रिए पनि अहिलेसम्म देशव्यापी फैलिएको छैन। सोमबारसम्म लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानमा मात्रै यसको प्रभाव छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)