‘हिमालको मुद्दामा नेपालले नेतृत्व लिनुपर्छ’
gorkhapatraonline.com · Thu May 23 17:01:00 UTC 2024

काठमाडौ, जेठ १० गते । जलवायु परिवर्तन र बढ्दो तापक्रमले नेपालको हिमाली क्षेत्र जोखिममा परिरहेका बेला विषय मिल्ने मुलुकसँग साझा एजेण्डा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
हिमाल र जलवायु परिवर्तन असरबारे मुद्दाको नेतृत्व नेपालले लिन सक्ने अवसर पनि रहेको विज्ञ, अनुसन्धानकर्ताहरुको सुझाव छ । लामो समय जलवायु परिवर्तन र वायु प्रदुषणका क्षेत्रमा काम गर्नुभएका डा. महेश्वर रुपाखेतीका अनुसार नेपालले आफूजस्तै समस्या भएका मुलुकसँगको सहकार्यमा एजेण्डा तय गरेर अन्तर्राष्ट्रिय मञ्चमा लबिङ गर्न सकेमा हिमालको मुद्दा बलियो हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)