हर्मुज खुला नभएको इरानको स्पष्टोक्ति
nepalnews.com · Mon Aug 03 13:32:08 GMT 2026
तेहरान। इरानले ओमानसँग नयाँ समुद्री यातायात मार्गसम्बन्धी भएको प्राविधिक समझदारीलाई लिएर हर्मुज जलघाँटी पुनः सञ्चालन हुन लागेको भन्ने व्याख्या अस्वीकार गर्दै जलघाँटी अझै बन्द नै रहेको र त्यसलाई खोल्ने निर्णय पूर्णतः अलग विषय भएको स्पष्ट गरेको छ।
इरानले जलघाँटी बन्द रहनुको कारण अमेरिकाको नाकाबन्दी, सम्झौता उल्लङ्घन तथा आफूविरुद्ध जारी शत्रुतापूर्ण गतिविधिलाई जिम्मेवार ठहर गरेको छ। इरानको सरकारी सञ्चारमाध्यम आइआरआइबीसँगको अन्तर्वार्तामा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँगको सहमति सुरक्षित समुद्री मार्ग व्यवस्थापनका लागि आवश्यक प्राविधिक पूर्वशर्त मात्र भएको बताए। उनका अनुसार यसलाई हर्मुज जलघाँटी पुनः खोल्ने निर्णयका रूपमा बुझ्न मिल्दैन। उनले अमेरिकी अधिकारीहरूको पछिल्ला अभिव्यक्ति र चेतावनीले इरानको नीति परिवर्तन नहुने उल्लेख गर्दै राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितका आधारमा मात्र निर्णय लिइने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)