इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
neplays.com · Mon Aug 03 12:48:00 GMT 2026
विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचन अभियानलाई वेल्स फुटबल एसोसिएसन (एफएडब्लु) ले समर्थन फिर्ता लिएको छ । विश्वकप प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद प्रस्ताव असफल भएपछि सार्वजनिक रूपमा समर्थन फिर्ता लिने वेल्स पहिलो सदस्य राष्ट्र बनेको हो ।
एफएडब्लुले सोमबार जारी गरेको विज्ञप्तिमा सन् २०२७–२०३१ कार्यकालका लागि फिफा अध्यक्ष पदमा इन्फान्टिनोको उम्मेदवारीलाई अब समर्थन नगर्ने स्पष्ट गरेको छ । संस्थाले सुशासन, निर्णय प्रक्रिया, नेतृत्व, मूल्यमान्यता, हितधारकसँगको सम्बन्ध, सञ्चार तथा पछिल्ला निर्णयमा देखिएका कमजोरीका कारण इन्फान्टिनोप्रतिको विश्वास गुमेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)