बागमती सर्वदलीय बैठक : सरकार निर्माणमा वाम दल नै अस्पष्ट
ratopati.com · Mon Aug 03 13:28:21 GMT 2026

हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठनबारे वाम गठबन्धनका दलहरू नै अस्पष्ट देखिएका छन् । सकसपूर्ण अङ्कगणितका बिच नयाँ सरकार गठनबारे वाम गठबन्धन (नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी) का नेताहरू नै स्पष्ट देखिन सकेका छैनन् ।
सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आह्वान गरेको सर्वदलीय बैठकमा वाम गठबन्धनबाट नयाँ सरकार निर्माणको रस्साकस्सी देखिए पनि एमाले र नेकपाले अझै स्पष्ट आधारहरू देखाउन सकेका छैनन् । सत्ता गठबन्धन फेरबदल भएसँगै बागमतीमा नयाँ सरकार गठनको अङ्कगणितीय जोडघटाउ मिल्न नसक्दा वाम दलहरू ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)