महासङ्घका थप तीन विषयगत समिति गठन
arthadabali.com · Mon Aug 03 12:48:20 GMT 2026

काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । महासङ्घका अनुसार यसअघि आठ वटा समितिले पूर्णता पाइसकेकामा बैंक, फाइनान्स तथा बिमा समिति, मेला समिति र पर्यटन तथा हवाई यातायात समिति विस्तार भएका हुन् ।
महासङ्घको सचिवालय टेकुमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त उपसभापति, सदस्य तथा सल्लाहकारलाई मनोनयनपत्र हस्तान्तरण गर्नुभयो । उहाँले विषयगत समिति निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्रका रूपमा रहेका बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)