प्रहरी नै गलत सूचनाको पासोमा
nepalnews.com · Mon Aug 03 13:45:23 GMT 2026

विराटनगर । सोमबार (१८ साउन) बिहान ४ बजे धेरै मानिस निद्रामै थिए तर विराटनगर महानगरपालिका-७ स्थित प्रतिष्ठित औद्योगिक घराना देबेनरा समूहको ‘देबेनरा मुन्दडा निवास’ मा अस्वाभाविक चहलपहल देखियो। मोरङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवालको कमान्डमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू मुन्दडा निवास र कार्यालयलाई घेरा हाल्न पुगेका थिए।
देबेनरा समूहका संस्थापकमध्येका बेनीगोपाल मुन्दडाको निवासमा गैरकानुनी चिजबस्तु लुकाइएको भन्ने ‘विशेष सूचना’ को आधारमा प्रहरी टोली छापा मार्न गएको थियो। प्रहरीले उनको निवासमा कुनाकानी सबैतिर खानतलासी गर्यो। घरका कोठा, भान्छा, भण्डार र व्यक्तिगत दराजहरू मात्र होइन, कार्यालयका गोप्य कागजातसमेत सूक्ष्म ढंगले जाँच गर्यो। बिहान चार बजे सुरु भएको यो ‘सर्च अपरेसन’ झन्डै साढे पाँच घण्टा चल्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)