चलचित्र ‘पच्चीस पच्चीस’ घोषणा
kendrabindu.com · Mon Aug 03 12:58:21 GMT 2026

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘पच्चीस पच्चीस’ को आधिकारिक निर्माण घोषणा गरिएको छ। दरबारमार्गस्थित कासा लाउन्ज बारमा सोमबार आयोजित एक विशेष समारोहका बीच कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शीर्षकसँगै निर्माण टोली र मुख्य कलाकारहरूको समेत औपचारिक परिचयात्मक घोषणा गरिएको हो।
चलचित्रलाई रंगपत्रकारिता तथा निर्देशनमा लामो अनुभव सँगालेका परिपक्व निर्देशक सुब्रत आचार्यले निर्देशन गर्दैछन्। विगतमा ‘अधकट्टी’, ‘सुश्री सम्पत्ती’ जस्ता चलचित्र र थुप्रै म्युजिक भिडियोहरू निर्देशन गरिसकेका आचार्यको यो तेस्रो चलचित्र हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)