सुनसरी–सिरहा प्रदर्शनमा ज्यान गुमाएका तीन जनाको आत्माको शान्तिका लागि पशुपतिमा काँवरीयाहरूको श्रद्धाञ्जलीसभा
kendrabindu.com · Mon Aug 03 12:45:18 GMT 2026

काठमाडाैं । सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादव, ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा काँवरीयाहरुले श्रद्धाञ्जली सभा आयोजना गरेका छन् ।
सिरहाका काँवरीयाहरुले तीनै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माले चिरशान्ति प्राप्त गरोस् भनी प्रार्थना गरेका हुन् । साथै, देशमा शान्ति, सद्भाव, सामाजिक एकता र आपसी भाइचाराको वातावरण अझ सुदृढ बनोस् भन्दै भगवान पशुपतिनाथसँग विशेष प्रार्थना गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)