लागूऔषधसहित काठमाडौंको नागपोखरीबाट चार जना पक्राउ
corporatenepal.com · Mon Aug 03 13:12:50 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिका–१ नागपोखरीबाट आज सशस्त्र प्रहरीले २९६.७५ ग्राम ब्राउन सुगर, २ सय २० चक्की ट्रामाडोल र १ सय ३० नाईट्रोभेट क्याप्सुलसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा एपीएफ ईन्टेलिजेन्स व्युरोबाट खटिएको टोलीले सोही ठाउँ बस्ने ४३ बर्षिय प्रभात तिवारी, काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ, सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ का सुजन रायमाझी र ललितपुर जिल्ला बाग्डोल–४ बस्ने ५१ बर्षिय सविन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)