राष्ट्रियसभाः जनापेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह
barnanmedia.com · Mon Aug 03 09:48:21 GMT 2026

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनताको विश्वास र अपेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । सभाको विशेष समयमा सदस्यहरूले सरकारबाट जनताले आफ्ना हरेक समस्याको समाधान खोज्ने भएकाले जनापेक्षा बमोजिम काम गर्नुपर्ने बताउनुभयो ।
बैठकमा नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले नेपाली जनताले विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारको नेतृत्वमा पुर्याएकाले जनताको चाहना र भावना बमोजिम काम गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकको स्वतन्त्रता र लोकतन्त्रका लागि त्याग र समर्पण गरेका नेताहरूको आदर्शबाट सकारात्मक पाठ सिकेर जनहितमा केन्द्रित हुँदै समस्या समाधानतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)