विपद् व्यवस्थापनका लागि कांग्रेसको एसआरटी गठन
baahrakhari.com · Mon Aug 03 13:50:17 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली (एसआरटी) गठन गरेको छ । शनिबारदेखि सोमबारसम्म कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना फरेको पूर्वतयारी र प्रतिकार्य प्रशिक्षणको समापनका अवसरमा यसको घोषणा गरिएको हो । यो टोलीमा प्रशिक्षणमा सहभागी ४० युवा रहेका छन् ।
प्रशिक्षणको समापन गर्दै प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माले तीन दिनको अवधिलाई सुरुआत मानेर विपद्मा परेका मानिसको जीवन बचाउन अबको लामो यात्रा प्रारम्भ भएको मानेर काम गर्न सहभागीहरूलाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)