रसुवा बाढीको जिम्मा विकसित देशहरूले लिनुपर्छ : हरि ढकाल
himalpress.com · Mon Aug 31 00:54:58 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहसचिव एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले रसुवा बाढीको जिम्मा पृथ्वीको तापक्रम वृद्धिमा योगदान गरेका राष्ट्रहरूले लिनुपर्ने टिप्पणी गरेका छन्। ढकालले जलवायु न्यायको विषय उठाउँदै सामाजिक सञ्जाल फेसबुकमा कार्बन उत्सर्जनमा नेपालको भूमिका शून्य रहेको उल्लेख गरेका छन्।
‘हामी पृथ्वीलाई तातो बनाउने क्रियाकलापमा संलग्न छैनौँ। तर यो धर्तीलाई तातो बनाई हाम्रो हिमाल पगाल्नेहरूले यो विपत्तिको जिम्मेवारी लिनुपर्छु, ढकालले लेखेका छन्, ‘हामीसँग ४७५ वनजङ्गल छ। चराचर र पर्यावरण जोगाउन हाम्रा निकुञ्जहरू छन्। हामीसँग प्रकृतिप्रेमी समाज र समुदाय छ?; ‘कार्बन उत्सर्जनमा हाम्रो योगदान न्यून छ, तर हिमालयका हिउँ जोगाउन हाम्रो योगदानलाई तिमीहरूले (कार्बन उत्सर्जन गर्ने मुलुकहरू) गरेको अवमूल्यनको क्षति हामी बेहोर्दै छौँ?’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)