आफन्तको खोजीमा विदेशी नागरिक
gorkhapatraonline.com · Mon Aug 31 00:55:09 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीमा आफ्ना आफन्त बेपत्ता भएपछि विभिन्न देशका परिवार नेपाल आएर खोजीमा जुटेका छन् । अध्यागमन विभागका अनुसार गत बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि आफ्ना आफन्त सम्पर्कविहीन भएपछि अध्यागमन कार्यालयबाट नेपाल भित्रिएको र नेपालबाट बाहिरिएकाको सूचना लिने बढेका छन् ।
विभागका प्रवक्ता शिवप्रसाद लम्सालका अनुसार विनाशकारी बाढीपछि नेपाली तथा विदेशी नागरिक बेपत्ता रहेको खबर सार्वजनिक भएसँगै विभिन्न देशका राजदूतावास र कन्सुलरमार्फत मात्रै नभई बेपत्ता नागरिकका आफन्त स्वयम् अध्यागमन कार्यालयसम्म धाउन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)