फर्नान्डेजको ह्याट्रिकमा युनाइटेडको शानदार जित
barnanmedia.com · Mon Aug 31 00:57:01 GMT 2026
काठमाडौं । ब्रुनो फर्नान्डेजको ह्याट्रिकको मदतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार इपस्विच टाउनमाथि ५–१ को शानदार जित निकालेको छ । ओल्ड ट्राफोर्डमा पोर्चुगाली खेलाडीले खेलको ४०, ६१ र ६८ औं मिनेटमा गोल गरे ।
फर्नान्डेजको दोस्रो गोल भने पेनाल्टीबाट सम्भव भएको थियो । लेइफ डाभिसको गोलले इपस्विच टाउनले २९ औं मिनेटमा सुरुआती अग्रता लिएको थियो, तर यसै पल्ट बढुवा भएर माथि उक्लेको टिमले यसलाई कायम राख्न सकेन् । युनाइटेडका लागि ५६ औं मिनेटमा ज्याकोब ग्रेभसले आत्मघाती गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)