झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण
nagariknews.nagariknetwork.com · Mon Aug 03 14:08:06 GMT 2026

झापामा आर्थिक वर्ष २०८२/८३ मा विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा ‘स्क्रब टाइफस’ सङ्क्रमण पुष्टि भएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकामा ५९८ जनामा सङ्क्रमण देखिएको हो ।
दमक नगरपालिकामा ४३, मेचीनगरमा २५, कमल गाउँपालिकामा १६, कन्काई नगरपालिकामा छ, हल्दिबारी गाउँपालिकामा पाँच, झापा गाउँपालिकामा दुई र भद्रपुर नगरपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । बरालका अनुसार स्क्रब टाइफस सङ्क्रमित माइट (किर्ना)को टोकाइबाट मानिसमा सर्ने रोग हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)