साउनको तेस्रो सोमबारः पशुपतिनाथमा लाखौँ भक्तजनले गरे दर्शन
kendrabindu.com · Mon Aug 03 14:29:42 GMT 2026

काठमाडौं । यस वर्षको साउनको तेस्रो सोमबार आज लाखौँ भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका छन् । साउनको तेस्रो आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको थियो । बेलुकी करिब ७ः०० बजेसम्म पनि मन्दिरमा भक्तजनको लाम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
चान्द्रमास अनुसार आज श्रावणको पहिलो सोमबार भएकाले पनि भक्तजन विगतका दुई सोमबारभन्दा बढी आएका छन् । बिहान ३ः०० बजेदेखि पपशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिए । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)