मनसुनी विपद्का कारण ९ सडकखण्ड अवरुद्ध
lokaantar.com

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका नौ वटा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार आज साँझ ५ बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, ललितपुर, ताप्लेजुङ, लमजुङ लगायतका जिल्लाका सडकखण्ड प्रभावित भएका हुन् ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)