इरानले भन्यो- हर्मुज जलमार्ग खुलाउन ओमानसँग सम्झौता भएको छैन
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । इरानले ओमानसँग नयाँ समुद्री यातायात मार्गसम्बन्धी भएको प्राविधिक समझदारीलाई लिएर हर्मुज जलमार्ग पुनः सञ्चालन हुन लागेको भन्ने व्याख्यालाई अस्वीकार गरेको छ। इरानले जलमार्ग अझै बन्द नै रहेको स्पष्ट पार्दै यसलाई खोल्ने निर्णय पूर्णतः अलग विषय भएको बताएको छ। साथै, जलमार्ग बन्द रहनुको मुख्य कारण अमेरिकाको नाकाबन्दी, सम्झौता उल्लङ्घन तथा इरानविरुद्ध जारी शत्रुतापूर्ण गतिविधिहरू भएको इरानले ठहर गरेको छ।
इरानको सरकारी सञ्चारमाध्यम आइआरआइबीसँगको अन्तर्वार्तामा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँगको सहमति सुरक्षित समुद्री मार्ग व्यवस्थापनका लागि गरिएको केवल प्राविधिक पूर्वशर्त मात्र भएको बताए। उनले यसलाई हर्मुज जलमार्ग पुनः खोल्ने निर्णयका रूपमा बुझ्न नमिल्ने प्रस्ट पारे। अमेरिकी अधिकारीहरूको पछिल्ला अभिव्यक्ति र चेतावनीले इरानको नीति परिवर्तन नहुने उल्लेख गर्दै उनले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितका आधारमा मात्र निर्णय लिइने र इरान कुनै पनि बाह्य दबाबबाट प्रभावित नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)