उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरी छापा: ‘सूचना पुष्टि भएन’ भन्दै अनुसन्धान टोली फिर्ता
newsofnepal.com · Mon Aug 03 14:27:35 GMT 2026

विराटनगर ।
अवैध हुन्डी कारोबार तथा ठूलो परिमाणमा नगद लुकाएर राखिएको हुन सक्ने विशेष सूचनाका आधारमा नेपाल प्रहरीले विराटनगरस्थित देवनरा (मुन्दडा) समूहका सञ्चालक प्रकाश मुन्दडाको निवासमा सोमबार बिहान व्यापक खानतलासी गरेको छ। करिब चार घण्टाभन्दा बढी समय सञ्चालन गरिएको प्रहरी अप्रेसनमा कुनै पनि अवैध सामग्री फेला नपरेपछि प्रहरी टोली फर्किएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको नेतृत्वमा सञ्चालन गरिएको अप्रेसन बिहान करिब ४ः४५ बजे सुरु भएको थियो। विराटनगर महानगरपालिका–७, पण्डित मेघराज शर्मा मार्गस्थित मुन्दडा निवास तथा त्यससँग सम्बन्धित सम्पूर्ण परिसरमा प्रहरीले विस्तृत खोजतलास गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)