मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Mon Aug 03 15:17:58 GMT 2026

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ सिद्धिपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
सोही वडाको शिवपुराबाट जगदीपुरतर्फ जाँदै गरेको लुप्र०१-००३ प १५६१ नम्बरको पल्सर मोटरसाइकल दिउँसो साढे ४ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार सोही वडाको गोबरीका २५ वर्षिय मुरली यादवको मृत्यु भएको हो। गम्भीर घाइते भएका यादवलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)