आचार्यको निर्देशनमा नयाँ फिल्म ‘पच्चीस पच्चीस’ घोषणा: प्रमुख भूमिकामा अबिषेक, खुशी र प्रमोद
kalakarmi.com · Mon Aug 03 11:00:18 GMT 2026

काठमाडौं- नयाँ नेपाली फिल्म ‘पच्चीस पच्चीस’ को आधिकारिक निर्माण घोषणा गरिएको छ । सोमवार दरबारमार्गस्थित कासा लाउन्ज बारमा आयोजित एक विशेष समारोहका बीच कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको शीर्षकसँगै निर्माण टोली तथा मुख्य कलाकारहरूको समेत औपचारिक परिचयात्मक घोषणा गरिएको छ
यो फिल्मलाई रंग पत्रकारिता तथा निर्देशनमा लामो अनुभव सँगालेका परिपक्व निर्देशक सुब्रत आचार्यले निर्देशन गर्दैछन् । विगतमा अधकट्टी तथा सुश्री सम्पत्तीजस्ता फिल्म तथा थुप्रै म्युजिक भिडियोहरू निर्देशन गरिसकेका आचार्यको यो तेस्रो फिल्म हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)