पत्रकार ज्ञानमणि नेपाल कालोटोपीद्वारा सम्पादित ‘डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ सार्वजनिक
newsofnepal.com · Mon Aug 03 15:53:50 GMT 2026

वरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशी र साहित्यकार डा. इन्दुल केसीको व्यक्तित्व तथा योगदानमा आधारित पुस्तक ‘डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार बनेपामा सार्वजनिक गरिएको छ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले पुस्तक सार्वजनिक गर्दै संस्थाले साहित्य, पत्रकारिता र सिर्जनात्मक लेखनको प्रवर्द्धन गर्दै निरन्तर पुस्तक प्रकाशन गरिरहेको बताउनुभयो। उहाँका अनुसार २०६८ सालमा स्थापना भएको शब्दयात्रा प्रकाशनबाट हालसम्म २८३ वटा पुस्तक प्रकाशित भइसकेका छन्। प्रकाशन संस्थाले प्रत्येक वर्ष साहित्य, पत्रकारिता तथा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै पुस्तक प्रकाशन र साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)