हिमतालको जोखिम न्यूनीकरण अपरिहार्य
gorkhapatraonline.com · Mon Aug 31 01:03:10 GMT 2026

हिमाली मुलुक भनेर चिनिने नेपालमा कम्तीमा एक सयभन्दा बढी हिमताल फुट्ने खतरा रहेको छ । विज्ञहरूले हिमतालको जोखिम न्यूनीकरण गर्न नीति, योजना र कार्यक्रम अपरिहार्य भएको सुझाव दिएका छन् । हिमतालको जलसतह घटाउने, पूर्वसूचनाको व्यवस्थापन गर्नेलगायतका कार्यबाट हिमतालको जोखिम न्यूनीकरण हुने सक्ने विज्ञहरूको सुझाव छ ।
म्यान्मारदेखि अफगानिस्तानसम्मका हिन्दुकुश हिमालय क्षेत्रमा सबैभन्दा बढी जोखिममा रहेका तालको सङ्ख्या नेपाल र तिब्बतमा रहेका विभिन्न अध्ययनले देखाएको छ । चाइनिज एकेडेमी अफ साइन्सेसबाट हिमतालका विषयमा विद्यावारिधि गरेका वैज्ञानिक डा. नितेश खड्काका अनुसार हिमतालको उच्च जोखिम नेपाल र तिब्बती क्षेत्रमा बढी छ । भारतलगायतका अन्य मुलुकमा हिन्दुकुश हिमालय क्षेत्र फैलिएको भए पनि ती मुलुकमा जोखिमयुक्त हिमताल कम रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)