भोटेकोशी बाढीः दुई हजार ७४२ को उद्धार, ७८८ जनाको शव फेला
nagariknews.nagariknetwork.com · Mon Aug 31 01:01:20 GMT 2026

भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये आइतबार साँझसम्म दुई हजार ७४२ जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार उद्धार गरिएकामध्ये रसुवाबाट ७१९, नुवाकोटबाट दुई हजार २० र धादिङबाट तीन जना छन्।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार बाढीमा परी घाइते भएका तथा विभिन्न स्थानबाट उद्धार गरिएका केहीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १६० जना रहेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)