चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत
nagariknews.nagariknetwork.com · Mon Jun 29 11:38:37 GMT 2026

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत भएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनले परियोजना लागु भएपछि कृषि वस्तुको उत्पादन, उत्पादकत्व र व्यवसायीकरण प्रवद्र्धन गर्न उत्कृष्ट भूमिका खेलेका किसानलाई धान दिवसको अवसर पारेर पुस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा तरकारी, माछा, धान, केरा, मौरी पालनमा व्यवसायीक रुपमा लागेका किसान रहेका छन् । उनीहरुलाई दश हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर पुरस्कृत गरिएको कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए । पुरस्कृत हुनेमा सबैभन्दा तरकारी र धान जोनका किसान बढी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)