रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा हिक्मत जंग कार्की मनोनीत
shilapatra.com · Mon Jun 08 01:59:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत गरेको छ । काठमाडौं निवासी कार्कीलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावलीबमोजिम पदीय जिम्मेवारी निर्वाह गर्ने विश्वासका साथ मनोनयन गरिएको पार्टीले जनाएको छ ।
नवनियुक्त सदस्य कार्की अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा लामो अनुभव भएका युवा हुन् । उनीसँग विश्वभरका युवा लोकतन्त्रवादी आबद्ध संगठनको सहअध्यक्षको भूमिका निर्वाह गरिसकेको अनुभव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)