चीनको सिमानासम्म चल्यो मोबाइल सेवा
gorkhapatraonline.com · Mon Aug 31 01:16:51 GMT 2026

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रको चीनसँगको सीमाक्षेत्रसम्म मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ । आइतबार बाढी प्रभावित क्षेत्रका थप सात स्थानका बिटिएस साइट सञ्चालनमा ल्याई सेवा सुचारु गरेको हो ।
आइतबार सञ्चालनमा ल्याइएका साइटमा नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अप्पर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइट छन् । त्यसै गरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बिटिएस साइट पनि सञ्चालनमा ल्याइएको हो । रसुवा बोर्डर बिटिएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर कोरिडोर र स्याफ्रुबेँसीदेखि भोटेकोशी कोरिडोरसम्म सेवा पुनः सञ्चालनमा आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)