ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
onlinekhabar.com · Mon Aug 31 01:23:31 GMT 2026

१५ भदौ, पाल्पा । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ । उसको चालसँगै भुच्चा पनि नाच्दै अघि बढ्छ ।
दर्शकका लागि यो मनोरञ्जनको दृश्य हो, तर यहाँका केही युवाका लागि भने आफ्ना पुर्खाले छाडेर गएको संस्कृति जोगाउने अभियान हो । कुनै समय नेवार समुदायको परम्परा, पहिचान र मनोरञ्जनसँग अभिन्न रूपमा जोडिएको लाखेनाच पछिल्लो समय नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । पुरानो पुस्ताले बिर्सिँदै गएको यही परम्परालाई जोगाउन यहाँका नयाँ पुस्ताका युवा अहिले सक्रिय भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)