कुमारी बैङ्कद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावित समुदायका लागि ३ करोड ३९ लाख बराबरको सहयोग
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत ३ करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
साथै, बैङ्कले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब रु.३९ लाख बराबरको ५ वटा अत्याधुनिक सीएसआर जडित निगरानी ड्रोन, ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैङ्क नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)