अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : नेपाल
nepallive.com · Mon Aug 31 01:34:03 GMT 2026

जनकपुर– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश अहिले संकटमा रहेको बताएका छन्। यस संकटको समयमा सरकारको आलोचना गर्नुभन्दा सरकारलाई आवश्यक सल्लाह सुझाव दिने समय रहेको उनले धारणा राखेका छन्।
आइतबार जनकपुरधाममा आयोजित एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले सरकारको कामप्रति आफूले नजर राखेको बताए। उनले विषम परिस्थितिमा सरकारलाई समस्या समाधान गर्न आवश्यक सुझाव दिएको जानकारी गराए। हराएका व्यक्तिहरूको खोज तलास गर्न र गाडिएका शवहरू निकालेर आफन्तको जिम्मा लगाउन आफूले सरकारलाई सुझाव दिएको सहसंयोजक नेपालले बताए। उनले भारतमा समेत बगेर शवहरू भेटिरहेको जानकारी गराउँदै सरकारलाई त्यसतर्फ पनि ध्यानाकर्षण गराए। राहत वितरण र समस्यामा परेकाहरूलाई साथ दिन सरकारलाई पार्टीले सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)