पन्चैबाजा सहयोग
gorkhapatraonline.com · Mon Aug 31 01:35:07 GMT 2026

बाजा बजाउनका लागि पन्चैबाजा सहयोग गरिएको छ । साँस्कृति र कला संरक्षणका लागि स्थानीय तहले दमाहा, ढोल ताल, सुरई, हुड्कोलगायतका बाजा सहयोग गरेको हो ।
गाउँमा पन्चैबाजा उत्पादन हुन छोडेको सयममा काठमाडौँबाट खरिद गरेर यी बाजा सहयोग गरिएको सिमकोट गाउँपालिका– २ का वडाध्यक्ष देवजङ्ग बोहराले बताउनुभयो । गाउँमा बाजाका नाममा पुराना दमाहा मात्र भएको र ती पनि जीर्ण अवस्थामा रहेका कारण नयाँ पन्चैबाजा सहयोग गरिएको उहाँले बताउनुभयो । यसै गरी बाजा पनि स्थानीय परम्परागत कला र सिप भएका कारण यसको संरक्षण र टिकाइराख्न आवश्यक महसुस भएपछि यी बाजा खरिद गरी सहयोग गरिएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)