मनाइयो पाटनको मौलिक पर्व मतयाः
gorkhapatraonline.com · Mon Aug 31 01:37:05 GMT 2026

मृत आत्माको शान्तिको कामना गर्दै मतयाः पर्व मनाइएको छ । आइतबार झिसमिसे बिहानदेखि नै दीपयात्रा अर्थात् मतयाः सुरु भएको थियो । यात्रामा सहभागीले पानस वा मैनबत्ती हातमा लिएर ललितपुरको चार दिशामा अवस्थित स्तम्भभित्र रहेका मठमन्दिर र चैत्यमा पूजाआजाका साथ पैसा, अन्न आदि चढाउँदै परिक्रमा गरिन्छ ।
पाटनको मतयाः यात्राको बौद्ध धर्मसँग नजिकको सम्बन्ध रहेको स्थानीय तथा तलेजु मन्दिरका पुजारी सञ्जय राजोपाध्यायले बताउनुभयो । उहाँले बौद्ध धर्मावलम्बीले विशेष महत्वका साथ मनाउने ‘गुँला’ को सुरुवातसँगै पाटनवासीले मतयाःलाई स्वागत गर्न केही रात बाजागाजासहित सहर परिक्रमा गर्ने जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)