भाेटेकाेशी बाढी: त्रिशूली तटीय सभ्यता संकटमा
nagariknews.nagariknetwork.com · Mon Aug 31 01:47:47 GMT 2026

भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा सुनामीझैं तीव्र गतिको आएको भीषण बाढीले रसुवा र नुवाकोटका तटीय क्षेत्रमा ठुलो क्षति पुर्यायो। बाढीका कारण त्रिशूली नदीकिनारका घर, सडक, पुल, जलविद्युत् आयोजनाहरू, विद्यालय, व्यावसायिक संरचना तथा कृषि र पशुधनमा व्यापक क्षति पुगेको छ भने ठुलो संख्यामा मानवीय क्षति पनि भएको छ। बाढीले वर्षौंवर्षदेखि रहेका बस्तीको अस्तित्व नै संकटमा पारेको छ।
यसअघि विभिन्न ठाउँको प्राकृतिक भूगोलअनुसार मिलेर बसेका बस्ती मात्र नभएर तत्कालीन राजा पृथ्वीनाराण शाहले बाइसे/चौबिसे राज्य एकीकरणपछि विश्राम लिएको र उनकै समाधिस्थलसमेत रहेको नुवाकोटको ऐतिहासिक देवीघाट बजार तथा त्यसबेलाकै रणनीतिक एवं सामरिक नुवाकोट दरबारसँगको इतिहास जोडिएको त्रिशूली बजार पुरै बाढीले बगाएर बगरमा परिणत भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)