चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता
nagariknews.nagariknetwork.com · Tue Aug 04 01:53:47 GMT 2026

चितवन जिल्लामा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्।ती निवेदनअनुसार अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये रु दुई करोड २९ लाख ९८ हजार ६४३ फिर्ता समेत गरिएको छ। पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिङ्क पठाएर ठगी गर्ने गरिएको उनले बताए। यस्तै उपहारकाे नाममा पनि ठगी गरिएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)