पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
ratopati.com · Tue Aug 04 02:40:07 GMT 2026

काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान १० बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै बिहान १० बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)