भलिबलको वार्षिक क्यालेन्डरमा १९ कार्यक्रम
kendrabindu.com · Tue Aug 04 03:11:25 GMT 2026
काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि संघले क्यालेन्डरमा १९ इभेन्ट समावेश गरेको छ। क्यालेन्डरमा राखिएका १९ बाहेक थप दुई कार्यक्रमसमेत गर्ने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए।
यो आर्थिक वर्षमा संघले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का ६ प्रतियोगितामा सहभागिता जनाउने छ भने पुरुष भलिबल च्याम्पियनसिप, महिला र पुरुषको च्याम्पियन्स लिग नेपालमै आयोजना हुनेछ। संघले हरेक वर्ष आयोजना गर्दै आएको महिला र पुरुषको राष्ट्रिय भलिबल प्रतियोगिता, प्रधानमन्त्री कप, भलिबल लिग र बिच भलिबल एनभीएका प्रमुख प्रतियोगिता हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)