भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता
khabarhub.com · Mon Aug 31 02:15:21 GMT 2026

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार गए रातिसम्म तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
तीमध्ये नेपाली नागरिक दुई हजार सात सय ७६ जना र विदेसी दुईसय ५३ जना छन् । पछिल्लो चौबिस घण्टामा छ सय २४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिए । ‘बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।’ प्रजिअ रेग्मीले भने, ‘उनीहरुको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोही अनुसार स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)