‘हाम्रो ब्लडप्रेसर होइन, तलब बढाऊ’ भन्दै नर्सहरूको प्रदर्शन
baahrakhari.com · Tue Aug 04 06:17:00 GMT 2026

काठमाडौं । अनशनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् । मंगलबार (साउन १९) उनीहरूले अस्पताल परिसरमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘हामीलाई सरकार मात्र होइन, बिरामीले पनि सम्मान गर्दैनन्’, ‘हाम्रो ब्लडप्रेसर होइन, तलब बढाऊ’, ‘उन्नत नर्सिङ अभ्यासको विकास’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)