तेह्रथुमका छ जना किसान पुरस्कृत
barnanmedia.com · Mon Jun 29 12:49:34 GMT 2026

कृषि ज्ञान केन्द्र, तेह्रथुमले २३औँ राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाका छ जना धान उत्पादक किसानलाई आज म्याङलुङ नगरपालिका, १० खाल्डेमा जनही रु चार हजार र सम्मानपत्र प्रदान गरी पुरस्कृत गरिएको छ ।
जिल्लाका छ वटै स्थानीय तहका कृषि विकास शाखाबाट छनोट भएका छ थर गाउँपालिकाका चन्द्रबहादुर लिम्बू, फेदापका प्रेमबहादुर कार्की, मेन्छ्यायेमका रुद्रबहादुर कार्की, आठराईका राजेन्द्रकुमार डाँगी, म्याङलुङ गाँउपालिकाका देवेन्द्र खवास र लालिगुराँस नगरपालिकाका डम्बरबहादुर कार्की पुरस्कृत भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)