अर्को साताभित्र राजदूत सिफारिस गर्ने सरकारको तयारी
nepalviews.com · Tue Aug 04 06:28:15 GMT 2026

काठमाडौं । सरकारले अर्को साताभित्र विभिन्न २१ मुलुक तथा नियोगका लागि राजदूत सिफारिस गर्ने तयारी गरेको छ। लामो समयदेखि रिक्त रहेका प्रमुख कूटनीतिक नियोगमा नेतृत्व अभाव भएपछि सरकारले एकै चरणमा राजदूत सिफारिस गर्ने तयारी अघि बढाएको स्रोतले जनाएको छ।
खुला प्रतिस्पर्धा बाट राजदूत नियुक्त गर्न भन्दै गत जेठ १४ गते राजदूतका लागि विज्ञापन प्रकाशित गरिएको थियो । जसमा करिब ३ हजार जनाले राजदूतका लागि आवेदन दिएका थिए । सरकारले हाल १३ देशको नाम नै तोकेर र अन्य देशमा समेत इच्छुक भएको खण्डमा ती देशको नाम उल्लेख गरेरसमेत आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)