थाइल्यान्ड पुग्दै म्यान्माका राष्ट्रपति
barnanmedia.com · Tue Aug 04 06:23:48 GMT 2026

म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ नागरिक नेता बनेपछि पहिलो पटक बिहीबार थाइल्यान्ड भ्रमणमा जाने तयारीमा रहनुभएको छ । सन् २०२१ को सैन्य ‘कू’ पछि अन्तर्राष्ट्रिय रूपमा अलगावमा परेको म्यान्माले क्षेत्रीय कूटनीतिक सम्बन्ध पुनर्जीवित गर्ने प्रयास गरिरहेका बेला उहाँको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।
पूर्व सैन्य प्रमुख ह्लाइङले सन् २०२१ मा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिनुभएको थियो । त्यसपछि सुरु भएको गृहयुद्धमा सबै पक्षका गरी एक लाखभन्दा बढी मानिसको ज्यान गएको अनुमान छ । यसै वर्ष अप्रिलमा विवादास्पद निर्वाचनपछि उहाँ राष्ट्रपतिमा स्थापित हुनुभएको थियो । लोकतन्त्र पक्षधर संस्था र पश्चिमी मुलुकहरूले उक्त निर्वाचनलाई सैन्य शासनलाई वैधता दिने प्रयासको रूपमा आलोचना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)