अमेरिकी हिरासतमा रहेका मादुरोले सार्वजनिक गरे जेलभित्रका तस्बिर, भने – ‘हामी दृढ छौँ’
ratopati.com · Mon Aug 31 02:36:40 GMT 2026

न्युयोर्क । भेनेजुएलाका पदच्युत नेता निकोलस मादुरो ले अमेरिकी हिरासतमा रहँदा आफू ‘दृढ रूपमा उभिरहेको’ बताएका छन्। अमेरिकी सेनाद्वारा यसै वर्षको सुरुवातमा पक्राउ परेका मादुरोले न्युयोर्कस्थित जेलबाट आफ्ना तस्बिरहरू सार्वजनिक गरेका हुन्।
मादुरोले आइतबार टेलिग्राममार्फत तस्बिरहरू पोस्ट गर्दै परिवार र समर्थकहरूका लागि सन्देश पठाएका छन्। लागूऔषध तस्करी र हतियारसम्बन्धी मुद्दाको सामना गरिरहेका मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस हाल ब्रोकलिनस्थित जेलमा थुनामा छन्। दुवैले आफूमाथि लागेका आरोपहरू अस्वीकार गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)