बाढीमा सप्तरीका ५१ जना सम्पर्कविहीन
gorkhapatraonline.com · Mon Aug 31 02:38:09 GMT 2026

रसुवामा आएको विनाशकारी बाढीमा सप्तरीका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कविहीन भएको छ भने एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ५, रञ्जितपुरका सन्तोष चौधरी रहनु भएको छ । जिल्ला प्रशासन कार्यालय, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले आइतबार दिनुभएको जानकारी अनुसार मृतक चौधरी नुवाकोट जलविद्युत आयोजनामा कामदार थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)