धनकुटामा एकै दिन ७९५ किलो गाँजा बरामद, दुई जना पक्राउ
onlinekhabar.com · Mon Jun 29 13:10:02 GMT 2026

१५ असार, धनकुटा । धनकुटा प्रहरीले एकै दिन दुई छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीमा कुल ७ सय ९५ किलोग्राम गाँजा बरामद गरेको छ भने दुई पक्राउ परेका छन् । प्रहरीका अनुसार सवारी जाँचका क्रममा गाँजा बरामद भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका वडा नं. ६ कोलबोटेमा सवारी जाँच गर्ने क्रममा धनकुटाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रक रोकी खानतलासी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)