प्रदेशभर ओपिडी सेवा बन्द गराउने मणिपाल घटना
ekagaj.com · Tue Sep 26 16:16:38 GMT 2023
पोखरा - लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा सोमबार उपचारका क्रममा मृत्यु भयो । श्वासप्रश्वास र ढाड दुख्ने समस्या भएपछि दुरालाई आफन्तले मणिपाल पुर्याएका थिए । मृतकका आफन्तले मृत्युको कारण खोजे । त्यत्तिकैमा आक्रोशित मृतकका आफन्तबाट डा. अनिल शाहमाथि हातपात भयो । अनि मणिपाल तनावग्रस्त बन्यो ।
अस्पतालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सुकमायाको प्रेसर घटेर मुटुले काम गर्न छोडेको उल्लेख छ । अवस्था गम्भीर हुँदाहुँदै बचाउने प्रयासस्वरूप उपचार गरे पनि मृत्यु हुन पुगेको भन्दै चिकित्सकको कमजोरी नरहेको अस्पतालको दाबी छ । बिरामीका आफन्तले कारण सोध्ने क्रममा चर्काचर्कीपछि हात हालाहाल अवस्था आएको बताउँछन् । आफन्तसँग सल्लाह नै नगरी उपचार गर्दा स्थिति असामान्य बनेको उनीहरूको भनाइ छ । ‘आफन्तसँग सल्लाह नगरी उपचार गर्नुभयो । भेट्न पनि दिनुभएन,’ ती आफन्तले भने, ‘मान्छे मरेको हो, कुखुरा मरेको त होइन नि ? के हो कसो हो भनेर सोध्न त पाइयो नि । कमसेकम हामीले सकेनौं तपाईंको मान्छे सिरियस भइसकेको छ भनेर सल्लाह त गर्नुपर्यो भन्ने हाम्रो कुरा हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)