कृष्णभीर सडक अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि यस्तो छ वैकल्पिक मार्ग
lokaantar.com

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक पूर्णरूपमा अवरुद्ध भएपछि काठमाडौं आवतजावत गर्ने सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने भएको छ।
अत्यावश्यक कामका लागि काठमाडौं जाने साना तथा मझौला चारपाङ्ग्रे सवारीसाधनले फिस्लिङ हुँदै आग्रीडाँडा–तोमनडाँडा–बनटार–दलभञ्ज्याङ–रानीस्वारा–ठूलोदर्बुङ–दर्बुङफाँट–सिउरेनीटार हुँदै बेनिघाट निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्नेछन्। यो मार्गको दूरी करिब ३२ किलोमिटर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)