भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना गरिएको छ।
राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका आधिकारिक बैंक खातामा सहयोग जम्मा गर्न सक्नेछन्। कतिपय सङ्घसंस्थाले जिन्सी सामग्रीसमेत सहयोग गर्न चाहेकाले त्यस्ता सामग्री सङ्कलन तथा व्यवस्थापनका लागि कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)